काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले गरेको हेडकाउन्टमा तटस्थ बसेका नेता रेशम चौधरी यावव पक्षमा रहेको प्रस्ट पारेका छन् ।
उनी निर्वाचन आयोगबाट आधिकारिकता पाएको अध्यक्ष उपेन्द्र यादवतिरै खुलेका हुन् ।
जसपा कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाका अनुसार चौधरीले फोनवार्ता मार्फत् जसपा मै रहेको बताएका हुन्।
खतिवडाले सामाजिक सञ्जालमार्फत यसबारे प्रस्ट पारेका हुन् ।
यसअघि चौधरीले आफ्नो पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर रहेको बताउँदै आफू महन्थको पक्षमा रहेको बताएका थिए ।
माननीय रेशम चाैधरीले फाेनवार्तामार्फत् व्यक्त गर्नु भएकाे इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठककाे अनुमाेदन मुताबिक चाैधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएकाे प्रष्ट गर्न चाहन्छु ।
— dambar khatiwoda (@dambarkhatiwoda) July 28, 2021