२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुस्थित सोफा फ्याक्ट्रीमा आगलागी



अ+ अ-

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा  आगलागी भएको छ । 

बुधबार दिउँसो करिब ४ बजे बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।

प्रहरीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । 

आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायत खटिएका छन् । 

आगलागीको कारण भने खुल्नमा आएको छैन ।