२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो



अ+ अ-

काठमाडौं । प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।
करिव तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो । 

एक महिनाअघि फोन मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिनादिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो । जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर उहाँलाई नेपाल फर्काएको थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, वहाँलाई फलोअप गर्ने क्रममा हामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेका थियौँ र लगभग ३ हप्तामा हामीले उहाँलाई मेलेसियास्थित नेपाली दूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपाल फर्काउने व्यवस्था गर्यौं ।”

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिनुभयो । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकट समेत कम्पनीबाटै दिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल फर्काउन हामीले एम्बेसीसँग हिमालय एयरलाइन्ससँग कोर्डिनेट गरिदिन अनुरोध गरेँ, त्यसपछि उहाँलाई नेपाल फर्काउने टिकट र ६ हजार ३ सय रिंगेट कम्पनीलाई चिठी मार्फत् चेतावनी दिँदै कम्पनीबाटै उपलब्ध गरायौँ, उहाँलाई ५ सय रिंगेट मेरो पहलमा जनउद्धार समितिबाट उपलब्ध गराएँ ।”

उहाँले जनउद्धार केन्द्रले स्थापनाकालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केस र जम्मा ३ सय ५० जति मलेसियाबाट नेपाल फर्काएको बताउनुभयो । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको मृत्युपछि अस्पतालमा थुप्रिएका शवहरु नेपाल ल्याइएको थियो । जसमा धेरै लाशहरुको बीचमा ह्वीलचियरमा देखिएका केवटको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।