२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो



अ+ अ-

काठमाडौं । प्यारालाइसिस भएर मलेसियामा थला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।
करिव तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो । 

एक महिनाअघि फोन मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिनादिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो । जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर उहाँलाई नेपाल फर्काएको थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, वहाँलाई फलोअप गर्ने क्रममा हामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेका थियौँ र लगभग ३ हप्तामा हामीले उहाँलाई मेलेसियास्थित नेपाली दूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपाल फर्काउने व्यवस्था गर्यौं ।”

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिनुभयो । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपाल फर्किने टिकट समेत कम्पनीबाटै दिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल फर्काउन हामीले एम्बेसीसँग हिमालय एयरलाइन्ससँग कोर्डिनेट गरिदिन अनुरोध गरेँ, त्यसपछि उहाँलाई नेपाल फर्काउने टिकट र ६ हजार ३ सय रिंगेट कम्पनीलाई चिठी मार्फत् चेतावनी दिँदै कम्पनीबाटै उपलब्ध गरायौँ, उहाँलाई ५ सय रिंगेट मेरो पहलमा जनउद्धार समितिबाट उपलब्ध गराएँ ।”

उहाँले जनउद्धार केन्द्रले स्थापनाकालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केस र जम्मा ३ सय ५० जति मलेसियाबाट नेपाल फर्काएको बताउनुभयो । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको मृत्युपछि अस्पतालमा थुप्रिएका शवहरु नेपाल ल्याइएको थियो । जसमा धेरै लाशहरुको बीचमा ह्वीलचियरमा देखिएका केवटको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।