२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।

प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै सहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ ।

अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिनुभएको छ । सचिन सिंहले एरेञ्ज गर्नुभएको गीतको भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन निशान घिमिरेले गर्नुभएको छ । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गर्नुभएको गीतकार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिनुभएको छ । विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ । रासस