• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।

प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै सहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ ।

अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिनुभएको छ । सचिन सिंहले एरेञ्ज गर्नुभएको गीतको भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन निशान घिमिरेले गर्नुभएको छ । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गर्नुभएको गीतकार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिनुभएको छ । विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ । रासस