• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता

नेहा चौधरीले हालिन् श्रीमान्‌ पंकज विरुद्ध दुई मुद्दा



महोत्तरी । घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् । ग्रान्डी अस्पतालमा समेत काम गरेका श्रीमान् डा. पंकज चौधरीविरुद्ध उनले घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी हुन् ।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजले तीन वर्षको प्रेम सम्वन्धपश्चात पारिवारिक सहमतिमा गत फागुनमा विवाह गरेका थिए । विवाहको केही समयदेखि नै दाइजो कम भएको निहुँमा नेहाकोे श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेका थिए । श्रीमानको कुटपिट र यातनाबाट घाईते भएकी नेहालाई गत असोजमा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

नेहाको परिवारका अनुसार नेहा र पंकजको विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०/६० लाख चाँदीका गहना दाइजो दाईजोमा दिएका थिए । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले नेहाको विवाह धुमधामसँग गरिदिएका थिए ।

नेहाका श्रीमान्‌ले भने उल्टै उनीविरुद्ध झगडालू र मानसिक समस्या भएको भन्दै डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । तर, नेहाले आफूमा त्यस्तो कुनै समस्या नरहेको बताएकी छन् ।

पंकजले काठमाडौंका दुई अस्पतालमा जागीर गुमाएका छन् । उनी टोखास्थित ग्राण्डी अस्पतालमा जनरल फिजिसियनका रूपमा काम गरिरहेका थिए । उनको घरेलु हिंसासम्बन्धी समाचार बाहिर आएलगत्तै अस्पतालले पंकजलाई सेवाबाट बर्खास्त गरेको हो ।