१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेहा चौधरीले हालिन् श्रीमान्‌ पंकज विरुद्ध दुई मुद्दा



अ+ अ-

महोत्तरी । घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् । ग्रान्डी अस्पतालमा समेत काम गरेका श्रीमान् डा. पंकज चौधरीविरुद्ध उनले घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी हुन् ।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजले तीन वर्षको प्रेम सम्वन्धपश्चात पारिवारिक सहमतिमा गत फागुनमा विवाह गरेका थिए । विवाहको केही समयदेखि नै दाइजो कम भएको निहुँमा नेहाकोे श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेका थिए । श्रीमानको कुटपिट र यातनाबाट घाईते भएकी नेहालाई गत असोजमा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

नेहाको परिवारका अनुसार नेहा र पंकजको विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०/६० लाख चाँदीका गहना दाइजो दाईजोमा दिएका थिए । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले नेहाको विवाह धुमधामसँग गरिदिएका थिए ।

नेहाका श्रीमान्‌ले भने उल्टै उनीविरुद्ध झगडालू र मानसिक समस्या भएको भन्दै डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । तर, नेहाले आफूमा त्यस्तो कुनै समस्या नरहेको बताएकी छन् ।

पंकजले काठमाडौंका दुई अस्पतालमा जागीर गुमाएका छन् । उनी टोखास्थित ग्राण्डी अस्पतालमा जनरल फिजिसियनका रूपमा काम गरिरहेका थिए । उनको घरेलु हिंसासम्बन्धी समाचार बाहिर आएलगत्तै अस्पतालले पंकजलाई सेवाबाट बर्खास्त गरेको हो ।