२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेहा चौधरीले हालिन् श्रीमान्‌ पंकज विरुद्ध दुई मुद्दा



अ+ अ-

महोत्तरी । घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् । ग्रान्डी अस्पतालमा समेत काम गरेका श्रीमान् डा. पंकज चौधरीविरुद्ध उनले घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी हुन् ।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजले तीन वर्षको प्रेम सम्वन्धपश्चात पारिवारिक सहमतिमा गत फागुनमा विवाह गरेका थिए । विवाहको केही समयदेखि नै दाइजो कम भएको निहुँमा नेहाकोे श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेका थिए । श्रीमानको कुटपिट र यातनाबाट घाईते भएकी नेहालाई गत असोजमा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

नेहाको परिवारका अनुसार नेहा र पंकजको विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०/६० लाख चाँदीका गहना दाइजो दाईजोमा दिएका थिए । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले नेहाको विवाह धुमधामसँग गरिदिएका थिए ।

नेहाका श्रीमान्‌ले भने उल्टै उनीविरुद्ध झगडालू र मानसिक समस्या भएको भन्दै डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । तर, नेहाले आफूमा त्यस्तो कुनै समस्या नरहेको बताएकी छन् ।

पंकजले काठमाडौंका दुई अस्पतालमा जागीर गुमाएका छन् । उनी टोखास्थित ग्राण्डी अस्पतालमा जनरल फिजिसियनका रूपमा काम गरिरहेका थिए । उनको घरेलु हिंसासम्बन्धी समाचार बाहिर आएलगत्तै अस्पतालले पंकजलाई सेवाबाट बर्खास्त गरेको हो ।