२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजना बारे प्रकाशमानको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई



अ+ अ-

काठमाडौँ । काठमाडौँका जनप्रतिनिधिहरुले काठमाडौँबासीलाई मेलम्चीको पानी उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य प्रकाशमान सिंहले काठमाडौँका जनप्रतिनिधिहरुका तर्फबाट गराउनुभएको ध्यानाकर्षण पत्रमा बुँदागत रुपमा काठमाडौँमा मेलम्चीको पानी ल्याउन अल्पकालीन र दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ ।

बाढीपहिरोपछि हिउँदको समयमा अस्थायीरुपमा भए पनि काठमाडौँ ल्याउने काम भएको भन्दै पत्रमा काठमाडौँको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको उल्लेख छ ।

पत्रमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस्तै बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेश गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउनुपर्ने, अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने र मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रको व्यहोरा यस्तो छ :

२०७९ मंसिर २० गते
सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमार्डौं ।
विषय स् ध्यानाकर्षण पत्र ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।

मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंवासी आभारी छौं । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँबासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजना लाई पानी दिर्घकालीन रुपमा अगाडी बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ । त्यस कार्यमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने देखिन्छ । तसर्थ तपसिलका विक्ष्यमा सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी गराउदछौँ ।

तत्काल गर्नुपर्ने काम

१) आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने ।

२)मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने ।

३)सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने ।

४)वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने ।

५)कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ ।

दीर्घकालीन रूपमा गर्नुपर्ने

१) बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने ।

२) अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने ।

३)मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने ।

४) मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ । अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँं ।

काठमाडौँ जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट
प्रकाशमान सिंह
प्रतिनिधि सभा सदस्य,
काठमाडौं क्षेत्र नं १
बोधार्थ तथा कार्यार्थः खानेपानी मन्त्रालय