२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनद्वारा पद तथा गोपनीयताको सपथग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखद्वय पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उहाँहरुलाई सपथ गराउनुभएको हो । 

सपथग्रहरण समारोहमा उपराष्ट्र नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा सहभागी हुनुहुन्थ्यो । 

मंगलबारको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न । राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

तस्बिर : प्रदीपराज वन्त/रासस