२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रधानमन्त्रीले दिए देउवालाई नियुक्तिको १५ दिनपछि बधाई



अ+ अ-

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिको १५ दिनपछि चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बधाइ दिएका छन् । शुक्रबार चिनियाँ प्रधानमन्त्री खछ्याङले एक बधाई सन्देश पठाउँदै आगामी दिनमा नेपाल र चिनबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने बताएका हुन् । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाली समकक्षी देउवालाई बधाई सन्देश पठाएको बताउदै  ट्वीटरमा यान्छीले लेखेकी छन्, ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङ नेपाली समकक्षीसँग सहकार्य गरी दुई देशबीचको रणनीतिक साझेदारी नयाँ उचाइमा पुर्याउन चाहन्छन् ।’

असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।