४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सुक्दै मुहान, साँघुरिँदै खोला

सुक्दै मुहान, साँघुरिँदै खोला
अ+ अ-

रेसुङ्गा । कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् ।

अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि अग्ला पहाडमा पानीका मुहान भेटिन छाडेका छन् । पानीका मुहान भेट्न पहाडको फेदीमा झर्नुपर्दछ । यसरी पनि विरलै भेटिन्छन् पानीका मुहान् ।

गुल्मीको मालिका गाउँपालिका–५ का गोविन्द विकले पहाडमा भेटिने पानीका मुहान अहिले सुक्दै गएको बताउनुभयो । आजभन्दा ६० वर्षपहिले छापहिलेका शिरमा भएका खोल्सामा पनि पानीका मुहान थिए । विस्तारै वनजङ्गलको फँडानी, सडक विस्तार र मुहानको संरक्षण नगर्नेलगायत मानवीय क्रियाकलापले पानीका मुहान सुकेर सीमित भएका हुन् ।

मालिका क्षेत्रमा रहेका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएको मालिका गाउँपालिका–१ का रुद्रबहादुर पुनले बताउनुभयो । मुहानहरू सुक्दै गएपछि खानेपानीको समस्या पनि बढ्दै गएको छ । मुहानहरू सुक्दै गएपछि लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो मदाने लेकको कोखबाट बग्ने निस्ती खोला पनि साँघुरिँदै गएको छ । आजभन्दा ६० वर्षभन्दा पहिले हिउँदमा पनि खोला तर्न हम्मेहम्मे हुने निस्ती अहिले मौसमी खोलाका रूपमा मात्र सीमित रहेको छ । मुहानहरू सुक्दै गएपछि निस्ती खोला पनि साँघुरिँदै गएको स्थानीय अगुवा देवबहादुर महताराले बताउनुभयो ।

नेपालमा वर्षमा एक तिहाइ समय मात्र आकासे पानी पर्ने गर्दछ । अन्य समय जमिन सुक्खा रहन्छ । पानीका मुहानले बाह्रै महिना पानीको उपलब्धता गराउन र खोलामा बग्ने पानीलाई स्थिर राख्न सहयोग पु¥याउँछ । तर, बर्सेनि पानीका मुहानहरू सुक्नाले खानेपानीकोे अभाव, वातावरणमा उजाडपन, खेतीयोग्य जमिनमा कमी र सदाबहार बगिरहने खोला मौसमी रूपमा परिणत हुन पुगेका हुन् ।

मालिका आसपासका क्षेत्रमा मुहानहरू सुक्नाले निस्ती खोला साँघुरिएको मात्र होइन, छल्दी, पनाह, रिडी, बडिगाड खोलालाई पनि मौसमी नदीका रूपमा कायम राख्न थालेको हो । इस्मा गाउँपालिकाअन्तर्गत माथिल्लो तहको भूभागमा पनि पानीका मुहानहरू नै छैनन् । अग्ला पहाड, थुप्रै मोटरबाटोको विस्तार, वनजङ्गलको फँडानी र अन्य मानवीय क्रियाकलापले गर्दा पानीका मुहानहरू इतिहास मात्र बनेको इस्मा गाउँपालिका–४ का रामबहादुर खत्रीले बताउनुभयो । इस्माको माथिल्लो क्षेत्रमा अहिले मदानेको लेकबाट लिएर खानेपानीको समस्या समाधान गरिएको छ ।

मोटरबाटोको विस्तारका कारण माथिल्लो भूभागमा भएका पानीका मुहानहरू तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको मदाने गाउँपालिका–६ का ८० वर्षीय दुर्गा कुँवरले बताउनुभयो । पानीका मुहानहरू सुकेपछि आफूहरूलाई खानेपानी डेढ घण्टा टाढा हिँडेर बोक्नुपर्ने स्थिति रहेको सोही क्षेत्रकी शान्त विकले बताउनुभयो । मुहान सुकेपछि यस क्षेत्रबाट बग्ने खोलाहरू पनि साँघुरिँदै गएका छन् । अहिले मौसमी रूपमा मात्र केही मुहान देखिन्छन् । चन्द्रकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि मुहानहरू विस्तारै सुक्दै गएको चन्द्रकोट–८ तुराङ किसिकोटकी लक्कीमाया बस्नेतले बनाउनुभयो ।

जलवायु परवर्तनबाट हुने अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले गर्दा बाढीपहिरो जाने, खडेरी हुने र पटकपटक जाने भूकम्प जस्ता प्राकृतिक कारणले पानीका मुहानहरू सुक्दै गएका छन् । जथाभावी सडक खोल्नाले, वनजङ्गलको फँडानी गर्नाले, आगो लगाउनाले र वातावरणलाई असर पु¥याउने जस्ता मानवीय कारणले पानीका मुहान सुक्दै गएको बताइएको छ ।