४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी
अ+ अ-

लुम्बिनी । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।

त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उहाँसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उहाँले खोज्दै गरेको आठ महिना बितेको छ ।

त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीाय जमीरुन निसाको अनुहारमा कुनै चमक छैन । थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फस्नुभएकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिनुभएको एक लाख आठ हजार फिर्ता पाउने छाँटकाँट छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै छ । गरिबीले जेलिएका कोहारले छिमेकी सँग रु एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाएको बताउनुहुन्छ । कोहारले मकसुदलाई बुझाउनुभएको सो रकमको न उहाँसँग कुनै रसिद छ न कुनै कागज प्रमाण ।

कोटहीमाई गाउँपालिका– १ परस्पुरका मंहगुले पाइपाइ जोडेर राखेको कमाइ ठगिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बुढ्यौलीमा ओतका लागि जस्ताको घर बनाउने तथा औषधि उपचार खर्चका लागि जम्मा गरि राखेको रु ५४ हजार सम्मरीमाई–५ खखडउरका बरखु हरिजनले प्रलोभन दिएर लगे ।”

उहाँका अनुसार पहिलो पटक सम्मरीमाई–७ भैसागहन ९केराहाडिह० मा भेटिएका बरखुले पैसा बुझाउनुस् एक महिना भित्र घर बनाएर दिन्छु भनेको आज करिब आठ महिना बितिसक्दा पनि बनाइदिएका छैनन् । “न त रकम नै फिर्ता गरेका छन, अहिले त भेट्नै छोड्नुभयो, फोन गर्दा, बाहिर छु भन्छन्”, गहँभरि आसु पार्दै उहाँले व्यथा सुनाउनुभयो ।

सिपवाकी जमीरुन निसाले भन्नुभयो, “जस्तापाताको सानो टहरामा बासोबास रहेको मेरो परिवारका लागि एक महिनाभित्रै सउदीको एक गरिब निर्माण संस्थाले पक्की घर बनाइदिने आश्वासनपछि खुशीको सीमा थिएन र नातेदारकहाँबाट ब्याजमा पैसा खोजेर बुझायौँ । करिब आठ महिना बित्यो न घर बन्न सक्यो न पैसा नै फिर्ता पायौँ ।”

उहाँका अनुसार मकसुदलाई भेटदा कहिले रकम फिर्ता गर्ने र कहिले घर बनाइदिने आश्वासन दिन्छन् । दुई थान फोटो, नागरिकताको फोटोकपी र नगद रकम बुझाएको कुनै रसिद वा कागज प्रमाणसमेत नपाएको उहाँले बताउनुभयो ।

महिलवार गाउँका माया कुर्मी, गुडिया लोध र पंचम हरिजन समेतले चारकोठे पक्की घर बन्ने प्रलोभनमा ऋणजम गरी जनही रु एक लाख ५५ हजारका दरले अलीलाई नगद रकम बुझाएको छ महिना बढी बित्न लाग्यो तर न घर बन्नसक्यो न त उहाँहरूले बुझाएको रकम फिर्ता पाउनुभयो ।

शान्ति, सुरक्षा र आवश्यक कारवाहीका लागि माया कुर्मी, गुडिया लोध र पंचम हरिजनसमेतले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिनुभएको छ । मकसुद मुसलमानले बाहिर मुलुक सउदी अरबबाट विदेशी प्रोजेक्ट आएको र गरिब परिवारका लागि निःशुल्क घर बनाइदिने भन्दै जनही एक लाख ५५ हजारका दरले असुल गरेको निवेदनमा उल्लेख छ ।

निवेदनमा लेखिएको छ, “निजले झुठो आश्वासन दिने गरेको तथा आजको मितिसम्म पनि केही कार्य व्यवहार नभएको र उनी विदेश जाने योजनामा रहेको बुझिएकोले विदेश जान नपाउने गरी व्यवस्था मिलाइदिन तथा आवश्यक कारवाहीका साथै दिइएको रकम फिर्ता दिलाउन र निजले गाली गलौज र धाक धम्कीसमेत दिएकाले शान्ति, सुरक्षा र जिउधनको रक्षा गरि पाउन अनुरोध छ ।”

त्यस्तै महंगुले रकम फिर्ता गराई पाऊँ भन्दै सम्मरीमाई–७ बेतकुइयाँस्थित मेलमिलाप केन्द्रमा निवेदन दिनुभएको पनि महिना दिन बित्न लागेको छ । मेलमिलाप केन्द्रका संयोजक राजेन्द्रप्रसाद लोधले बरखुलाई छलफलका लागि हाजिर हुन आउने पत्र बुझाइसकिए पनि अटेर गरी छलफलमा नआएको बताउनुभयो ।

यता पैसा असुलीको आरोप लागेका बरखु हरिजनलाई उहाँले काम गर्ने संस्थाको नाम समेत थाहा छैन । उहाँले भन्नुभयो, “मैले रकम मात्र असुलेको छु घर निर्माण संस्था दर्ता भए नभएको बारे कुनै जानकारी छैन । मेरो अगुवा अरु कोही हो । केही दिनमा सबैको रकम फिर्ता दिने छन् ।”

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न केही अस्थायी कर्मचारी राखेका छन् । एक कर्मचारीलाई दैनिक रु एक हजार ज्याला तथा पाँच सय चियानास्ता खर्च दिने गरेका छन् । कर्मचारीलाई ‘गरीबी निर्माणको सहयोगदाता’ नामक संस्थाको परिचयपत्र समेत दिएका छन् । तिनै कर्मचारीमध्येका एक हुन बरखु हरिजन । मकसुदले यसरी विभिन्न व्यक्तिबाट करिब रु दुई करोड असुल गरिसकेको र सोका लागि प्रक्रिया मिलाउन उनी साउदी अरब जान लागेको बरखुले बताए ।

यस सम्बन्धमा संस्थाका मुख्य व्यक्ति अरसद अली भएको र उहाँ साउदी अरबमा रहेको मकसुदले बताउनुभयो । संस्था दर्ता भए नभएको बारे संस्थाका अध्यक्षलाई मात्र थाहा रहेको र आफूलाई कुनै जानकारी नरहेको मकसुदको भनाइ छ ।

मकसुदले करिब ६०–६५ जनासँग मात्र पैसा बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान्य निर्माण खर्च सबैसँग असुल गरेको छु, घर नबने सबैको रकम फिर्ता दिन्छु । विस्तृत जानकारीका लागि संस्थाका प्रमुख केही दिनमा नेपाल आउँदै हुनुहुन्छ, उहाँसँग मात्र सोध्नु होला । मैले केही भन्दैन ।”

माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिनुभएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको पत्र कारवाहीको प्रक्रियामा रहेको इप्रका मर्चवारले बताएको छ । प्रहरी पटक–पटक घरमा जाँदा पनि मकसुद मुसलमानलाई भेट्न नसकिएको इप्रका मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताउनुभयो । रामविकास चौधरी/रासस