२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटोपनको समस्या हुन सक्छ खतरनाक



अ+ अ-

काठमाडौं । किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुने एक अनुसन्धानले देखाएको छ, जुन एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।

स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।

रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जति धुम्रपान गर्ने मोटो मान्छेलाई छ ।

अध्ययनमा १९४९ देखि १९५१ का मा जन्मेका ४५९२० व्यक्तिको बीचमा शोध गरिएको थियो । अध्ययनका अनुसार सामान्य तौल हुनेमध्ये ३ हजारको मृत्यु भएको थियो, जो अरु श्रेणीमा मर्नेवालामध्ये सबैभन्दा कम संख्या थियो ।

सोध गर्ने दलका डाक्टर मार्टिन नियोवियसले भनेका छन्, ‘सामान्य तौल हुने नवयुवकको तुलनामा धेरै मोटो हुनेको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ, मोटोपनको शिकार ५० प्रतिशतभन्दा बढी देखियो ।’