• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

‘मिर्जापुर ३’ को सुटिङ सकियो



एजेन्सी । चर्चित हिन्दी वेबसिरिज ‘मिर्जापुर’को तेस्रो संस्करण अर्थात् ‘मिर्जापुर ३’ को सुटिङ पूरा भएको छ ।

बलिउड अभिनेता अली फजलले मिर्जापुरको सम्पूर्ण टिमसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै यसको तेस्रो भागको छायांकन सकिएको जानकारी दिएका हुन् ।

भावुक नोट लेख्दै उनले यो सिजनको यात्रा आफ्नो लागि निकै फरक र अद्भुत रहेको बताएका छन् ।

अली फजलले लेखेका छन्, ‘यो सन्देश मेरो प्यारो टोलीका लागि हो । मिर्जापुर संसारमा ल्याउनुभएको माया र मेहनतको लागि धेरै धेरै धन्यवाद । मिर्जापुर सिजन ३ को यात्रा मेरो लागि धेरै फरक र अद्भुत रह्यो । तर तपाईलाई थाहा हुनुपर्दछ कि म र गुड्डु पण्डितले ती सेटहरूमा काम गर्ने व्यक्तिबाट प्रेरणा लिएको छ ।’

यद्यपि, यो सिरिज छिटै प्रशारणमा आउने बताइएपनि रिलिज मितिबारे भने खुलाइएको छैन । फ्यानहरु यो सिरिजको व्यग्र प्रतिक्षामा रहेका छन् ।