२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्ण आकारको बजेट ल्याउन अर्थमन्त्रीलाई पूर्व अर्थमन्त्रीको सुझाव



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई पूर्व अर्थमन्त्रीले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्ण आकारको बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । अर्थमन्त्री शर्मालाई बुधवार भएको छलफलमा पूर्व अर्थमन्त्रीले सो कुरा बताएका हुन् । 

अथमन्त्री शमाएले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् । उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।

शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताए । उनले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने भन्दै उत्पादन र रोजगारीमा केन्द्रित भएर त्यसलाई सहयोग पुग्ने खालका पूर्वाधार विकास गर्ने कुरामा सरकारको ध्यान रहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्व सभामुख कृष्ण बहादुर महरा र पूर्वअर्थमन्त्री डा. रामशरण महत सहभागी भएका थिए ।