• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

सन्दीप प्रकरण: किशोरीले अदालतमा दिइन कडा बयान



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतसमक्ष बकपत्र दिएकी छन् । प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा उनले अदालतलाई दिएको बकपत्र कडा रहेको बताइएको छ ।

अदालतले केही दिनअघि दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । सन्दीप पक्षधर वकिलहरुलाई उनले बयान फेर्नसक्ने झिनो आशा थियो तर त्यसको विपरीत उनले कडा बकपत्र दिएको बताइएको छ । यद्यपि उनको जाहेरी र बकपत्रमा कतिपय कुरा बाझिएको बताइएको छ ।

उनी अहिले माइती नेपालको संरक्षण छिन् । उनले बयान फेर्न सक्ने भन्दै माइती नेपालकी सञ्चालक अनुराधा कोइराला चिन्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सिलरहरुले किशोरीलाई धेरै सम्झाई बुझाई गरेका थिए । किशोरीलाई त्यहाँ कसैसँग भेट गर्न दिइएको छैन । उनी त्यहाँबाट बाहिर निस्कन खोजे पनि निस्कन नदिइएको समाचार छ ।

अदालतमा दिएको बकपत्रले किशोरी होस्टाइल हुने सम्भावना अन्त्य भएको छ । अब अदालतले उनको वास्तविक उमेर तथा बलात्कार हो वा सहमतिको सम्बन्ध भन्ने मात्र हेर्ने छ ।

यदि किशोरी नाबालिग रहेको ठहर भएमा र शारीरिक सम्बन्ध भएको पुष्टि भएमा सन्दीपमाथि कडा सजाय हुने अनुमान गरिएको छ ।