२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ विश्व माटो दिवस मनाइँदै



अ+ अ-

काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ ।

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदैछ ।

कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ । विश्व माटो दिवस कार्यक्रमले मानिसलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्वरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्ने कृषि विभागले जनाएको छ । विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले माटोको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन बिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि जिकास, जैविक विविधता संरक्षण, प्राङ्गारिक कृषिलगायतका विषयसम्बन्धी बहसले सार्थकता नपाउने बताउनुभयो ।

हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा हस आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ र विश्वस्तरमै एकताबद्ध भएर सम्बोधन गर्न व्यापकरुपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस मनाउने गरिएको उहाँले बताउनुभयो ।

यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन मुलुकभर कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र ९नार्क०, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम गरिँदैछ ।