काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ८ः३० बजे बालुवाटारमा बस्ने भएको हो । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल गर्ने कार्यक्रम तय भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका हुन्। कुन पार्टीले कति र कुन(कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतको दाबी छ।
गठबन्धनका नेताहरू बुधबार पनि छलफल गरेका थिए। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्।
जनमोर्चाले आफूहरू सरकारमा नजाने बताईसकेको छ भने सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने यकिन भइसकेको छैन।