२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्याण्डलाई दियो १३८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।

नामिबीयाको युनाईटेड क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रन जोडे ।

त्यसैगरी, आरिफ शेखले १० रनमा आउट भए भने बाकिँ ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका क्रिस सोलले उत्कृष्ट खेल प्रर्दशन गरे । सोलले ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिए । मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,सफियान सरिफले समान १र१ विकेट लिए ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । यस सिरिजमा आज दुबै देशले दोस्रो खेल खेल्न लागेका हुन् । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपालले भने बर्षाले खेल अबरुद्ध भएपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।