५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो शक्ति बनेको रास्वपाले समानुपातिकतर्फ ल्याएको मत यस्तो छ: (सूचीसहित)



अ+ अ-

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको आम निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेको छ ।

घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ७ सीट जितेको छ । त्यस्तै समानुुपातिकतर्फ कुल १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत पाएको छ । समानुपातिकतर्फबाट रास्वपाले करिब १४ सांसद पाउने देखिन्छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित रास्वपा संसदको चौथो ठूलो शक्तिको रुपमा रहेको छ । दोलखा र बाजुराको मतगणना बाँकी रहदा रास्वपाले समानुपातिकमा देशभरबाट ११,२४,५४३ मत प्राप्त गरेको छ । रास्वपाले जिल्लामा पाएको मत यस्तो छ:

प्रदेश १– ताप्लेजुङः ९७८,  पाँचथरः १,९४८, इलाम ९,१३७, झापाः ७७,४४४, संखुवासभाः २,४२७ , तेह्रथुमः २,१८८, भोजपुरः १,२१८, धनकुटाः ३,९७९, मोरङ: ५३,१८६, सुनसरी:४६,११२, सोलुखुम्बु: १,१३५, खोटाङ :१,४९७, ओखलढुंगा: २,४१८, उदयपुर: ११,१४३

मधेश प्रदेश– सप्तरी: ३,५१७, सिराहा: ४,२५६, धनुषा: ६,१९१, महोत्तरी: ८,४३६, सर्लाही: १५,८९८, रौतहट: ९,२५९, बारा; १७,९२७, पर्सा :७,४५१

वागमती प्रदेश – रामेछाप: ४,६२३, सिन्धुली: ८,०३१, रसुवा :१,७३१, धादिङ्ग :१५,७५५, नुवाकोट: १६,२८३, काठमाडौं ;१,०३,५४०, भक्तपुर:२३,२०६, ललितपुर: ३५,३८३, काभ्रेपलाञ्चोक: २६,६१८, सिन्धुपाल्चोक: १०,५२०, मकवानपुर: २९,९५९, चितवन: ९९,०३७

गण्डकी प्रदेश– गोरखा: १६,२४५,मनाङ: १४६, लमजुङ: ८,२१७, कास्की: ४४,००९, तनहुँ :२२,९०२, स्याङ्जा: २२,२२६, नवलपरासी (पूर्व): ३८,६९०, मुस्ताङ: २९९, म्याग्दी: ३,५७९, बागलुङ: ११,०३३, पर्वत: ९,६७९

लुम्बिनी प्रदेश– गुल्मी :१२,३७९, पाल्पा :१२,६६२, अर्घाखाँची: ८,९५१, रुपन्देही: ६६,१६९, कपिलवस्तु: १५,४१८, रुकुम पूर्व: ४६६, रोल्पा: १,९०४, प्यूठान :५,८५१, दाङ: ३९,८५३, बाँके: १९,५६८, बर्दिया :१५,५२३, नवलपरासी (पश्चिम): २१,३९५

कर्णाली प्रदेश – सल्यान: ४,५२२, डोल्पा: ५५७, मुगु :२१० , जुम्ला :८९९, कालिकोट: ६०१, हुम्ला :१७१, जाजरकोट: ५९४, दैलेख: १,७९२
सुर्खेत: ८,९६०, रुकुम पश्चिम: १,८६१

सुदूरपश्चिम –  अछाम: १,४२६, बझाङ: १,२९६, डोटी: १,२४८, कैलाली: १९,६०८, दार्चुला: ८७९, बैतडी: २,२५०, डडेलधुरा: ३,६५० , कन्चनपुर: १४,४२४




भर्खरै