२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो शक्ति बनेको रास्वपाले समानुपातिकतर्फ ल्याएको मत यस्तो छ: (सूचीसहित)



अ+ अ-

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको आम निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेको छ ।

घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ७ सीट जितेको छ । त्यस्तै समानुुपातिकतर्फ कुल १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत पाएको छ । समानुपातिकतर्फबाट रास्वपाले करिब १४ सांसद पाउने देखिन्छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित रास्वपा संसदको चौथो ठूलो शक्तिको रुपमा रहेको छ । दोलखा र बाजुराको मतगणना बाँकी रहदा रास्वपाले समानुपातिकमा देशभरबाट ११,२४,५४३ मत प्राप्त गरेको छ । रास्वपाले जिल्लामा पाएको मत यस्तो छ:

प्रदेश १– ताप्लेजुङः ९७८,  पाँचथरः १,९४८, इलाम ९,१३७, झापाः ७७,४४४, संखुवासभाः २,४२७ , तेह्रथुमः २,१८८, भोजपुरः १,२१८, धनकुटाः ३,९७९, मोरङ: ५३,१८६, सुनसरी:४६,११२, सोलुखुम्बु: १,१३५, खोटाङ :१,४९७, ओखलढुंगा: २,४१८, उदयपुर: ११,१४३

मधेश प्रदेश– सप्तरी: ३,५१७, सिराहा: ४,२५६, धनुषा: ६,१९१, महोत्तरी: ८,४३६, सर्लाही: १५,८९८, रौतहट: ९,२५९, बारा; १७,९२७, पर्सा :७,४५१

वागमती प्रदेश – रामेछाप: ४,६२३, सिन्धुली: ८,०३१, रसुवा :१,७३१, धादिङ्ग :१५,७५५, नुवाकोट: १६,२८३, काठमाडौं ;१,०३,५४०, भक्तपुर:२३,२०६, ललितपुर: ३५,३८३, काभ्रेपलाञ्चोक: २६,६१८, सिन्धुपाल्चोक: १०,५२०, मकवानपुर: २९,९५९, चितवन: ९९,०३७

गण्डकी प्रदेश– गोरखा: १६,२४५,मनाङ: १४६, लमजुङ: ८,२१७, कास्की: ४४,००९, तनहुँ :२२,९०२, स्याङ्जा: २२,२२६, नवलपरासी (पूर्व): ३८,६९०, मुस्ताङ: २९९, म्याग्दी: ३,५७९, बागलुङ: ११,०३३, पर्वत: ९,६७९

लुम्बिनी प्रदेश– गुल्मी :१२,३७९, पाल्पा :१२,६६२, अर्घाखाँची: ८,९५१, रुपन्देही: ६६,१६९, कपिलवस्तु: १५,४१८, रुकुम पूर्व: ४६६, रोल्पा: १,९०४, प्यूठान :५,८५१, दाङ: ३९,८५३, बाँके: १९,५६८, बर्दिया :१५,५२३, नवलपरासी (पश्चिम): २१,३९५

कर्णाली प्रदेश – सल्यान: ४,५२२, डोल्पा: ५५७, मुगु :२१० , जुम्ला :८९९, कालिकोट: ६०१, हुम्ला :१७१, जाजरकोट: ५९४, दैलेख: १,७९२
सुर्खेत: ८,९६०, रुकुम पश्चिम: १,८६१

सुदूरपश्चिम –  अछाम: १,४२६, बझाङ: १,२९६, डोटी: १,२४८, कैलाली: १९,६०८, दार्चुला: ८७९, बैतडी: २,२५०, डडेलधुरा: ३,६५० , कन्चनपुर: १४,४२४