५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग टु: नेपाल र स्कटल्याण्ड खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज स्कटल्याण्डसंग खेल्दैछ।

आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको यो खेल नामिबियाको युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। यस सिरिजमा आज दुबै देशले दोस्रो खेल खेल्न लागेका हुन् ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपालले भने बर्षाले खेल अबरुद्ध भएपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,सोमपाल कामी,गुल्सन झा र सागर ढकाल