९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
अ अ+ अ-

बाजुरा । बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् ।

व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् । अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताउनुभयो ।

बोगटीसँग हाल ७० भेडा रहेका छन् । बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आउनुभएको छ । उहाँहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिनुभयो । चार वर्षदेखि यही स्थानमा बस्दै आएको उहाँहरु बताउनुहुन्छ ।

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्नुहुन्छ, “भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।” थापासँग हाल ६० भेडा छन् । उहाँ एक छोरा र श्रीमतीसहित सँगै बस्दै आउनुभएको छ ।

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ । उहाँ सुरुमा अरुको गोठालो भएर काम गर्नुहुन्थ्यो । पछि उहाँ बिस्तारै आफँै व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहहनुभएको छ । उहाँ भन्नुहुन्छ, “के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उहाँहरुका अहिले कसैका काठमाडाँै, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ ।”

उहाँ अहिले उमेरले ४९ वर्षको हुनुभयो । पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको उहाँ बताउनुहुन्छ । हाल उहाँसँग एक सयभन्दा बढी भेडा छन् । उहाँ एक छोरा र श्रीमतीसहित आउनुभएको हो । उहाँ भेडाबाट वार्षिकरुपमा रु छ÷सात लाख आम्दानी हुने गरेको बताउनुहुन्छ ।

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन् । हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आउनुभएको छ । प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ÷सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरु बताउँछन् । बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् । रासस