२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्यो धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर  (भिडियोसहित)



अ+ अ-

काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनय तथा निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढावलाई देखाइएको छ । 

फिल्मको लेखन र निर्देशन धुर्मुस-सुन्तलीले संयुक्त रुपमा गरेका छन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । 

फिल्मलाई ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज गरिने बताइएको छ । यद्यपि, रिलिज मिति भने घोषणा भइसकेको छैन ।