४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने
अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारबारे थप चनाखो हुन शुक्रबार वाणिज्य, विकास बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमासभित्र राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा बुझाइसक्नुपर्ने व्यवस्था रहेको थियो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबारको जोखिम मूल्याङ्कन गर्दा ग्राहक पहिचान विवरण (केवाइसी) मा ध्यान दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । “ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने, व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “जोखिम मूल्याङ्कन गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक, सेवा, भौगोलिक क्षेत्र तथा सेवा प्रवाह गर्ने माध्यमलगायत सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान एवं विश्लेषण गरी सोको मूल्याङ्कन गर्नुपर्नेछ ।”

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको शङ्का लागि अनुसन्धान अघि बढाउँदा त्यस्तो अनुसन्धानबारे ग्राहकले थाहा पाएमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाइ शंकास्पद कारोबार र गतिविधिबारे तत्काल राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने पनि निर्देशनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि बारेको प्रतिवेदन राष्ट्र बैंकलाई पेश गर्नुपर्नेछ ।

एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा आचारसंहिता बनाएर लागु गर्न पनि निर्देशन दिएको छ ।रासस