२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा मिल्यो मन्त्रीको भागबण्डा, कसले कति मन्त्रालय पाउने ?



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमती भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने गरी सहमती भएको एक नेताले बताए । उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । 

छलफलमा कुन मन्त्रालय कसले पाउने भन्ने विषयले प्रवेश पाएपनि मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ ।

काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ ।