१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकगायिका कल्पना दाहालले प्रेमी पुण्य आचार्यसँग कसिन् लगनगाँठो



अ+ अ-

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । शुक्रबार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसबाट कल्पनाले प्रेमी आचार्यसँग विवाह गरेकी हुन् ।

लोकदोहेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । उनले चर्चित वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।

गत जेठमा नै कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् ।