२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले एक्लै केहि गर्न सक्दैनन् : वरिष्ठ नेता नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री  शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने सो कुरा बताएका हुन् । 
 
नेता नेपालले प्रधानमन्त्री एक्लैले चाहेर भएपनि जनअपेक्षित काम गर्न नसक्ने बताएका छन्। 'प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन। सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ।' 

यस्तै, उनले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउनु पर्ने समेत बताएका छन् ।  बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न  सबैलाई लाग्न आग्रहसमेत गरेका छन्। प्रकृतिको रक्षा गरे मात्रै मानव जीवनको रक्षा हुनेसमेत प्रष्टाए।