२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले एक्लै केहि गर्न सक्दैनन् : वरिष्ठ नेता नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री  शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने सो कुरा बताएका हुन् । 
 
नेता नेपालले प्रधानमन्त्री एक्लैले चाहेर भएपनि जनअपेक्षित काम गर्न नसक्ने बताएका छन्। 'प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन। सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ।' 

यस्तै, उनले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउनु पर्ने समेत बताएका छन् ।  बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न  सबैलाई लाग्न आग्रहसमेत गरेका छन्। प्रकृतिको रक्षा गरे मात्रै मानव जीवनको रक्षा हुनेसमेत प्रष्टाए।