२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले कार्तिक तिर महाधिवेशन गर्छ, अधिवेशन गर्न सक्दैन : गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा नहुने ठोकुवा गरेका छन् ।  बाँस्कोटाले बिहिबार सामाजिक संजाल फेशबुकमा मौका पाए काँग्रेसले अधिवेशन डेढबर्ष पर सार्ने बताएका हुन् । 

उनले कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोज्दै खोजेको आरोप लगाएका छन् । मौका पाए काँग्रेसले अधिवेशन डेढबर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने बताएका हुन् ।

पूर्वमन्त्री बाँस्कोटाको फेशबुक स्टाटस 

‘मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ । नपाए अब वडातहको गर्छ । तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिक तिर सिधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछरुहामी पनि हेरौ त।’