• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

उपचारका लागि माओवादीका उपमहासचिव पुन आज चीन जाँदै



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने हुनुभएको छ । नेता पुनलाई वंशाणुगत रुपमा रहेको पुरानै रोग जण्डिले फेरि सताउन थालेपछि फलोअप उपचारका लागि उहाँ चीन जान लाग्नुभएको हो । चीनमा उहाँले सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनुहुने जनाइएको छ ।

गत २०७८ मंसिरमा पनि उहाँ सोही अस्पतालमा एक महिना उपचार गरी फर्किनुभएको थियो । आज साँझा ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन पुग्ने पुनको सचिवालयले जनाएको छ ।

चीनमा गत वर्ष उपचार गराएर फर्किंदा बिलुरुबिन ९ रहेकामा अहिले फेरि बढेर ३५ पुगेको छ । बिलुरुबिनले जण्डिसको मात्रा निर्धारण गर्दछ । उहाँसँगै पूर्वसभामुख एवं उहाँकी धर्मपत्नी ओनसरी घर्ती र छोरी शीला पनि आजै सेनजेन जान लाग्नुभएको छ ।

उपमहासचिव पुनले चीन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्नुभएको छ । स्वास्थ्यमा समस्या आएसँगै उहाँ रोल्पामा चुनावी कार्यक्रममा समेत सहभागी हुनसक्नुभएको थिएन । उहाँ मतदान गरेलगत्तै काठमाडौँ फर्केर आराम गरिरहनुभएको छ ।