३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही दलबाट सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक भइरहेको छ – विशाल भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाउनु भयो । उहाँले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म पार्टीले संसदमा अवरोध गरिरहने बताउनु भयो ।

आईतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो ।

सांसद भट्टराईले भन्नुभयो, ‘एमसीसी एउटा ठूलो सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकहरुको बीचमा एउटा असाध्यै पेचिलो लडाइँ सिर्जना गरेर विलम्व गरेर ल्याइयो । नाटक के देखिँदैछ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हासिरहने, त्यस्तो नाटक पनि देखिएको छ । सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य तपाईहरुले देखिरहनु भएको छ । नेकपा एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभेदका कारणले लामो समयदेखिस संसदीय कामकारबाहीमा विमुख भएर बसेको छ । त्यो हाम्रो बाध्यता भएको छ । 

हामीप्रति गरिएको अन्यायको कारणले गर्दा हामीले त्यसलाई प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ । त्यसकारण कुनै पनि संसदीय काम कारबाहीमा नेकपा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन । यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ । सडकमा हिंसा र जबरजस्ती जे गर्न खोजिएको छ नेकपा एमाले सिधासिधी बिरोध गर्दछौँ । हाम्रो माग पूरा नभएसम्म नेकपा एमाले कतै जाँदैन, हामी अवरोध गरिरहन्छौँ । हामीले सभामुख समक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमतिको नभइ दलीय अनुमति बेगर बोल्न दिने कुरा दलीय  मर्यादा बिरुद्धमा छ । हामीले दलीय सहमति बेगर किन बोल्न दिनुभयो भनेर आपत्ति प्रकट गरेका छौँ ।’