• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सन्देशमा पूर्वराष्ट्रपति जियाङको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति जियाङको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति जियाङ नेपालको परममित्र र शुभचिन्तक रहनुभएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन दिवंगत पूर्व राष्ट्रपति जियाङले पुर्याउनुभएको योगदानको पनि स्मरण गर्नुभएको छ ।रासस