२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जागिरमा आरक्षणको मागसहित आन्दोलनमा उत्रदै सुकुम्बासी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सुकुम्वासीहरुले सरकारी निकायमा आरक्षणको माग गर्दै आन्दोलन गर्ने भएका छन् ।

सबै पिछडिएका समूहलाई आरक्षण दिएपनि सुकुम्बासीलाई नदिइएकाले सरकारी जागिरमा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रने मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताएका छन् ।

देशभर ४० लाखभन्दा बढी सुकुम्बासी रहेको दावी गर्दै उनले त्यही अनुपातमा राजनीति र सरकारी सेवामा सुकुम्वासीलाई कोटा दिनुपर्ने बताए । ‘दलित, पिछडिएका जातजाति, आदिवासी-जनजातिलगायत सबैलाई आरक्षण दिने तर हामीलाई नदिने यो कहाँको न्याय हो ?’ उनले भने ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर लिएर गएपछि उनीहरु आन्दोलित छन् ।