१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो
अ अ+ अ-

कमलामाई । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ ।

थ्रेसरका प्रयोगकर्ता बर्सेनि बढ्दै गएका व्यवसायी विनोद दाहालले बताउनुभयो । पाँच वर्षअघिसम्म धान झार्ने मेशिन हुन्छभन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएका उहाँले सुनाउनुभयो । खेतीको काममा पनि काम गर्ने जनशक्ति कम हुदै गएका बेला यो मेशिनको प्रयोगले किसानलाई सजिलो र छिटोसमेत हुन पुगेको उनीहरुको अनुभव छ ।

दुधौली नगरपालिकाको स्थानीयबासीसमेत रहनुभएका व्यवसायी दाहालसँग दुई सिजनको धान झारेको अनुभव छ । “दुधौलीमा मात्रै अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले थे्रसर मेशिनको प्रयोगकर्ता बढेका छन्”, उहाँले भन्नुभयो, “थ्रेसर किनेको पहिलो वर्ष ५० जना कृषकको धान झारेको थियो, यो वर्ष एक सय जना कृषकको धान झारिसकेको छु ।”

जग्गा धेरै भएका, काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेशिनको माग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्काउन सकिन्छ । पराल दाइँ गर्नुपर्ने, धान केलाइरहनुपर्ने झन्झट हुँदैन । धानबाली थन्काउन छिटो र सजिलो हुन्छ । धान झार्न मात्र होइन, जोत्न, रोप्न पनि मेशिनको प्रयोग गर्दा काइदा हुने उहाँको बुझाइ छ ।

यसकोे व्यवसायसमेत फस्टाएको उहाँले बताउनुभयो । “तीन लाख ५० हजारमा किनेको थ्रेसर मेशिनले धानबालीको सिजनमा घण्टाको तीन हजार कमाउँछ”, उहाँले भन्नुभयो, “उधारोमा काम गर्दिन, नगद मिलेन भने धानै लिन्छु ।”

आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउनसमेत सहज भएको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान लालबहादुर बोगटीले बताउनुभयो ।

गाउँगाउँमा भित्रिएको मेशिनले खेती गर्न सजिलो बनाएको उहाँको भनाइ छ । “पैसा भएपछि खेती गर्न गाह्रो छैन, रोप्नदेखि उत्पादन भित्र्याउनसम्म”, उहाँले भन्नुभयो । गत वर्षदेखि जोत्न ट्र्याक्टर, धान र गहुँबाली थन्क्याउन थ्रेसरको प्रयोग गर्दै आइरहनुभएको छ उहाँ । त्यसअघि अर्मपर्म तथा जन लगाएर खेती गर्दै आउनुभएको थियो । जनले कामको स्तरअनुसार दिनको छ सयदेखि एक हजारसम्म ज्याला लिने गर्दथे ।

आफूले बटयामा कमाउँदै आएको एक बिघाको धानबाली गत सोमबार थ्रेसरले नै झारेको उहाँले बताउनुभयो । “गाउँमा काम गर्ने खेताला पाउनै मुश्किल पर्छ । पाइहाले पनि ज्याला महँगो भन्छन् । मजदुरी लगाउँदा समय पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो, “थ्रेसर लगाउँदा बिनाझन्झट धान ढिकुटीमा भित्र्याउन पाइयो ।”

मजदुरी लगाएर धान झार्न लामो समय लाग्ने तथा जनशक्ति धेरै आवश्यकपर्ने भएकाले मेशिनप्रति सबैको आर्कषण बढेको उहाँले बताउनुभयो । थे्रसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नु परेको उहाँको गुनासो छ । व्यक्तिपिच्छे फरकफरक मूल्य ९तीन हजारदेखि चार हजारसम्म० तिर्नुपरेको उहाँले सुनाउनुभयो ।

दुधौलीमा जसरी जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्र्याक्टरले जोत्ने र ठूलो थ्रेसर मेशिनले धान झार्ने गर्दछन् ।

कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवासका किसान कृष्णबहादुर लामिछानेका अनुसार धान झार्ने मेशिन अघिल्लो वर्षसम्म ठूला धान फाँटमा मात्रै प्रयोग हुन्थे । अहिले ट्र्याक्टर जाने बाटो भएका पाखाभित्ताका खेतमा समेत प्रयोग हुन थालेको छ ।

आफूले पनि एक बिघा खेतमा लगाएको धानबाली झार्न थ्रेसर मेसिनको प्रयोग गरेको किसान लामिछानेले बताउनुभयो । एक घण्टा २० मिनेटमा ४० मुरी धान झारेर भित्र्याएको उहाँले सुनाउनुभयो ।

कमलामाई नगरपालिका–४ च्याउकोटका भरत थापामगर चार वर्षयता जिल्लाको विभिन्न ठाउँमा गएर थ्रेसर मेशिनले धान झार्ने काम गर्दै आउनुभएको छ । उहाँले सिजनमा धान झार्न भ्याइनभ्याइ हुने बताउनुभयो । उहाँले थ्रेसर मेशिन तीन लाखमा किन्नुभएको हो । “घण्टाको तीन हजार लिएर धान झार्ने गरेको छु । विशेषगरी कात्तिक र मङ्सिर महिना बिहान–बेलुकासम्म धान झारेर फुर्सद मिल्दैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पछिल्लो समय जिल्लाका ५० प्रतिशत कृषक थ्रेसरको प्रयोगकर्ता भएका छन् । बाँकीले परम्परागतरुपमा खेताला लगाएर तथा अर्मपर्म गरेर धान भित्र्याउने गर्दछन् । सिन्धुलीमा सिराह, उदयपुर, सर्लाही, महोत्तरीका व्यवसायीसमेत धान झार्ने, जोत्ने कृषि प्रविधि लिएर आउने गरेका स्थानीयवासी बताउँछन् । जिल्लामा कुन र कति कृषि प्रविधि प्रयोगमा छन् भन्ने यकीन विवरण कुनै निकायसँगै छैन ।

कृषि प्रविधिको विस्तार भएकाले सुगम क्षेत्रमा परम्परागत खेती विस्तारै लोप हुने अवस्थामा छ । ट्र्याक्टर, थ्रेसरजस्ता कृषि प्रविधिले जोत्ने गोरु पहिला जसरी पाइन छाडेको किसान गौरव कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि प्रविधिको प्रयोगले काम छिटो, खर्च कम, समयको बचत हुन्छ । खेताला खोज्नुपर्ने झन्झट हुँदैन । यसै कारण सुगम क्षेत्रमा गोरु, हलो लोप हुँदै गएको छ ।” बाटो नभएका ग्रामीण भेगमा पनि हाते ट्र्याक्टर, तथा हाते थ्रेसरलगायतका कृषि प्रविधिको विस्तार हुँदै गएको छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई अनुदानमा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस