९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

अर्थतन्त्र तुलनात्मकरुपमा सहज अवस्थामा छ: गभर्नर अधिकारी(भिडियोसहित)

अर्थतन्त्र तुलनात्मकरुपमा सहज अवस्थामा छ:  गभर्नर अधिकारी(भिडियोसहित)
फाईल तस्बिर
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अहिले तुलनात्मकरुपमा सहज अवस्थामा रहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले गत वर्षभर नेपालको अर्थतन्त्रले तीव्र दबाब झेल्नुपरे पनि अहिले सहज हुँदै गएको बताउनुभयो ।

पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएकाले पनि अर्थतन्त्र कठिन अवस्थाबाट माथि उक्लिन थालेको उहाँको भनाइ थियो । यद्यपि उहाँले अझै पनि केही समस्या रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार आन्तरिक कारणले मात्र नभई बाह्य कारणले पनि केही समस्या रहेको हो ।

चालु पूँजी कर्जा कार्यविधिको प्रावधानप्रति भइरहेको विरोधमा केन्द्रीय बैंक खुला बहस गर्न तयार रहेको भन्दै गभर्नर अधिकारीले भन्नुभयो, “हामी खुला बहस गर्न तयार छौँ तर हामी सबै नियमभित्र बस्नुपर्यो भन्ने हाम्रो भनाइ हो ।”

रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार गर्न जरुरी रहेको उहाँको भनाइ थियो । आयातलाई रोक्दा राजस्वमा असर परेको भन्दै उहाँले तर सधैँ आयातलाई रोक्न नसकिने उल्लेख गर्नुभयो ।