२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका डिफेन्डर बेनले छाडे टिम



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर बेन ह्वाइटले कतारमा जारी विश्वकपको बाँकी खेल नखेल्ने भएका छन् ।

बुधबार व्यक्तिगत कारण देखाउँदै डिफेन्डर बेन स्वदेश फर्किएका इंग्लिस फुटबल संघले बताएको छ । संघले यस विषयमा थप केही कुरा भने खुलाएको छैन ।

इंग्ल्यान्ड एफएले भने खेलाडीको गोपनीयतालाई सम्मान गर्न उनले क्याम्प छाड्नुको कारण गोप्य राखिएको जनाएको छ । एफएले बेन बाँकी खेलका लागि टिममा नफर्किने बताएको छ ।

कतारमा जारी विश्वकपमा उनी इरान र अमेरिकाविरुद्धको खेलका लागि छनोट भएनन् र बिरामीका कारण वेल्सविरुद्धको खेल पनि गुमाएका थिए । २५ वर्षीय बेनले इङ्ल्यान्डका लागि ४ खेल खेलेका छन् ।

इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगल विरुद्ध खेल्नेछ ।