• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

संसदीय दलको नेताका लागि आफ्नो समूहले प्रयास गर्नेछः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले संसदीयदलको नेताका लागि आफ्नो समुहले प्रयास गर्ने बताउनु भएको छ ।

विराटनगरमा बिहीबार बिहान संञ्चारकर्मीहरु कुरा गर्दे नेता कोईरालाले संसदीय दलमा सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि आफ्नो टिमले प्रयास गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ ।‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’

नेता कोईरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो ।