२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न



अ+ अ-

लण्डन ।भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ ।

गोर्खाको समस्या समाधानका लागि तय गरिएको यो बैठकलाई प्राविधिकस्तरको बैठकका रूपमा हेरिएको छ । बैठकमा भूपू गोर्खाको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको दूतावासकी उपनियोग प्रमुख रोशना खनालले जानकारी दिनुभयो ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल र बेलायती रक्षा मन्त्रालयको तर्फबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यु लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, भूतपूर्व गोर्खाको तर्फबाट मेजर(अप्रा) जुदबहादुर गुरुङ, मेजर (अप्रा) टिकेन्द्र दल देवान र मेजर(अप्रा) उदयबहादुर गुरुङ सहभागी हुनुभएको दूतावासले जनाएको छ ।

तेस्रो वार्ता डिसेम्बर दोस्रो सातासम्म गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।