१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न
अ अ+ अ-

लण्डन ।भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ ।

गोर्खाको समस्या समाधानका लागि तय गरिएको यो बैठकलाई प्राविधिकस्तरको बैठकका रूपमा हेरिएको छ । बैठकमा भूपू गोर्खाको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको दूतावासकी उपनियोग प्रमुख रोशना खनालले जानकारी दिनुभयो ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल र बेलायती रक्षा मन्त्रालयको तर्फबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यु लियोन, ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन, इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, भूतपूर्व गोर्खाको तर्फबाट मेजर(अप्रा) जुदबहादुर गुरुङ, मेजर (अप्रा) टिकेन्द्र दल देवान र मेजर(अप्रा) उदयबहादुर गुरुङ सहभागी हुनुभएको दूतावासले जनाएको छ ।

तेस्रो वार्ता डिसेम्बर दोस्रो सातासम्म गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।