१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास



अ+ अ-

झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गर्नुभयो ।

विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।