२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनल नजिक



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ७ विकेट जित निकालेसँगै फाइनल नजिक पुगेको हो । सुदूरपश्चिमले सम्पन्न पाँच खेलमध्ये सबै खेलमा स्पष्ट जित निकालेको हो ।

सुदूरपश्चिमको अंक तालिकामा १० अंक भएको छ । लगातार पाचाँै जित निकाल्ने क्रममा स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले पाचौं खेलमा पनि जित निकालेको हो । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए भने गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे । मधेसका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन जोड्नसक्यो । मधेसका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनको पारी खेल्दा चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रन जोडे । कप्तान अभिषेक तिवारी शुन्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए । बलिङतर्फ सुदूरपश्चिमका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । सुदूरपश्चिमले अब अन्तिम खेलमा शुक्रवार वागमतीसँग खेल्नेछ । उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्नसक्छ ।

प्रतियोगिता अन्तर्गत बुधवार नै भएको मुलपानी मैदानमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ८५ रनले पराजित ग¥यो । जितका लागि लुम्बिनीले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको वागमती ३५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो । वागमतीका लागि कप्तान अशोक पौडेलले ५४ बलमा ३१ रनको योगदान गरे । प्रतिक श्रेष्ठले २७ तथा रोशन विकले २३ रन बनाए । कसिलो बलिङ गरेको वागमतीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिए । अभिषेक गौतम र तुलबहादुर थापाले समान २÷२ तथा नर शार्की र निर्मल गुरुङले समान १/१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए । दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुलबहादुर थापाले २८ रन बनाए । विशाल भुषालले २० रन जोड्दा कप्तान विशालविक्रम केसीले ११ रन जोडे । वागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अभिषेक कोईराला र ओमकार यादवले समान २/२ विकेट निकाले । अहमद राजा र योगेश भाटको नाममा समान १/१ विकेट निकाले ।

यससँगै वागमतीले एक खेल अगावै फाईनल पुग्ने अवसर गुमाएको छ । पाँच खेलमा ८ अंकका साथ वागमती दोस्रो स्थानमा रहेको छ । उता जित निकालेको लुम्बिनीको ४ खेलबाट ६ अंक भएको छ । प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा लुम्बिनी प्रदेश र प्रदेश १ बीच खेल हुनेछ भने मुलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।