• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

अमेरिका विश्वकपको नकआउट चरणमा



काडमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इरानलाई १–० गोलले पराजित गर्दै समूह ‘बी’ बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

अल थुमामा रंगशालामा अमेरिकालाई जित दिलाउन क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले ३८ औं मिनेटमा गोल गरेका हुन् । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ ।

इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोड्यो । अमेरिका ५ अंकसहित उपविजेता भएर नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।