१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त



अ+ अ-

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त बनेको छ । काठमाडौँ महानगरपालिकाले बल प्रयोग गरी हटाउन खोजेपछि बस्ती अशान्त बनेको हो ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पुत्ला जलाउँदै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बालेनको फोटोलाई शव राख्ने बाकस (कफिन) माथि राखेर जलाएका छन् ।

बस्तीमा मंगलबार बिहान ८ बजेदेखि नै आन्दोलन जारी छ । उनीहरुले बस्ती प्रवेश गर्ने सडकहरु बन्द गरेका छन् भने सडकभरी टायर र ढुंगा छरिएका छन् ।

सुकुम्बासीहरुलाई उचित बसोबासको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । बसोबासको उचित व्यवस्था नहुँदै हटाउन लागिएको भन्दै उनीहरुले महानगरपालिकाको कार्यालय अगाढि प्रदर्शनसमेत गरेका थिए । त्यसपछि उनीहरु पुनः बस्तीमै फर्केर प्रदर्शन जारी राखेका छन् ।

बालेनविरुद्ध चर्को नाराबाजी लगाउने उनीहरुमध्ये केही माइतीघर मण्डलामा सडकमै ब्यानर राखेर अनसन बसेका छन् ।

महानगरपालिकासमक्ष अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन अनुरोध गरेपछि महानगरको टोली सोमबार बस्तीमा पुगेर सुकुम्बासीहरुलाई हटाउन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपपछि स्थिति तनावग्रस्त बनेको थियो ।

महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाएपछि भएको झडपमा महानगरका ३० जनाभन्दा बढी घाइते भएका थिए ।

समितिले यही मंसिर ४ गतेको अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना निकालेको थियो । बागमती नदी किनारमा करिब ५ हजार सुकुम्बासी रहेको बताइएको छ ।