• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मेसीलाई धम्की दिने बक्सरलाई माइक टाइसनको चेतावनीः फेरि बक्सिङ रिङमा फर्किन नपरोस्



एजेन्सी । फिफा विश्वकप २०२२ मा मेक्सिको र अर्जेन्टिनाबीचको खेलपछि सुरु भएको जर्सी विवाद बढ्दै गएको छ । यसैबीच बक्सिङ लिजेन्ड माइक टाइसन पनि यसबारे समावेश भएका छन् ।

उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई समर्थन गरेका छन् । मेसीलाई धम्की दिने बक्सरलाई टाइसनले मेसीलाई छोए मात्र पनि यति धेरै वर्षपछि पनि बक्सिङ रिङमा फर्किन नहिचकिचाउने चेतावनी दिएका हुन् ।

मेक्सिको र अर्जेन्टिनाबीचको खेलमा मेस्सीले निर्णायक गोल गरेपछि उनको टोलीले खेल २–० गोलले जितेको थियो । अर्जेन्टिनाको जितपछि मेक्सिकोको जर्सीमा भुइँमा लडिरहेको मेसीको भिडियो भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि मेक्सिकोका फ्यानहरूले मेसीको चर्को आलोचना गरेका थिए ।

फ्यानहरुले मेसीले विपक्षी टोलीलाई सम्मान गर्नुपर्ने र आफ्नो जर्सीमा पनि त्यसो नगर्ने बताएका छन् । मेसीमाथि मेक्सिकोको जर्सीले भुइँ सफा गरेको आरोप लागेको थियो ।

मेक्सिकोका बक्सर क्यानेलो अल्भारेजले ट्वीटरमा मेसीले मेक्सिकन जर्सी लगाएर भुइँ सफा गरिरहेको बताएका छन् । ‘यो मेक्सिकोका लागि अपमानजनक छ । उसले भगवानसँग प्रार्थना गर्नुपर्छ कि ऊ मेरो अगाडि नपरोस् । मेसीले मेक्सिकोको सम्मान गर्नुपर्छ जसरी म अर्जेन्टिनालाई सम्मान गर्छु ।’ उनले भनेका छन् ।

खेलपछि मेसीले मेक्सिकन खेलाडीसँग आफ्नो जर्सी परिवर्तन गरे । लकर कोठामा जुत्ता फुकाल्दा अनजानमा भुइँमा पल्टिएको जर्सीमा उनको खुट्टा परेको देखिन्छ । यता, अर्जेन्टिनाका पूर्व फरवार्ड सर्जियो अगुएरो पनि मेसीको समर्थनमा उत्रिएका छन् ।

क्यानेलोको ट्विटको जवाफ दिँदै उनले भने, ‘लड्ने बहाना नखोज्नुहोस् मिस्टर क्यानेलो।’ तपाईलाई फुटबलको बारेमा केही थाहा छैन । लकर कोठामा, पसिनाले भिजेको कारण, शर्ट फुकालेर भुइँमा राखिन्छ।’

के भन्छन् माइक टाइसन ?
माइक टाइसनले भने, ‘क्यानेलो नामको कसैले मेसीलाई धम्की दिएको छ । यदि उसले मेसीलाई छुन पनि हिम्मत गर्यो भने, म यतिका वर्षपछि फेरि रिङमा उत्रनेछु।’ यद्यपि, टाइसन ५६ वर्षको भइसकेका छन् । उनी मियामी एयरपोर्टमा एक पटक व्हील चेयरमा पनि देखिएका थिए । यस्तो अवस्थामा उनको रिंगमा फर्किने सम्भावना भने रहँदैन ।