२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आइसल्याण्डमा नेपाली खाना चिनाउँदै आशकुमार

आशले हातमा सीप भए जहाँ पनि जम्न सकिन्छ भन्ने आशा देखाएका छन्

आइसल्याण्डमा नेपाली खाना चिनाउँदै आशकुमार
अ अ+ अ-

आइसल्याण्ड । ‘हिमालय स्पाइस’ । युरोपको सम्पन्न देश आइसल्याण्डको राजधानीमा रेक्याभिकमा अवस्थित एक होटलको यो साइनबोर्ड मात्र पढ्दा नेपाली होटल हो जस्तो पनि लाग्दैन ।

राजधानी रेक्याभिकको मुटुमा अवस्थित यो होटलमा खाना खान जानेको लाइन हेर्दा त झन् नेपाली भनेर कसरी थाहा पाउनु ? खाना खान जानेमा युरोपियनहरुकै भिड । नेपाली त झन् कहाँ पाउनु ? आइसल्याण्डमा रहेका पूरै नेपालीको संख्या १७० छ । तर होटलको गेटनिर पुग्नासाथै थाहा हुन्छ नेपाली स्वाद । नेपाली खानाको फ्लेभर बाहिरै आउँछ अनि भित्र देखिन्छ नेपालीपनको सजाजट ।

होटलभित्र छिर्दा यस्तो नेपाली शैली देख्न सकिन्छ कि त्यस्तो बरु नेपालमा पाइँदैन । नेपाल झल्कने चित्र र पौवा धेरै छन् । लुङदार टाँगिएको भित्रीको परिवेशमा तामाका भाँडा र अरु नेपालको परम्परा झल्किने स्थानीय वस्तुको सजावट ।

काठको एकापट्टीको र्याकमा नेपाली पुस्तकहरु । नेपाली हिमाल र पहाडका दृश्य त हिमालमै पुगेसरी सजाइएका । यो हेरिरहँदा लाग्छ, नेपालभन्दा ७ हजार ७ सय ७० किलोमिटर टाडा आफू पुगेको महसुस कुनै पनि नेपालीले गर्दैन ।

हामी पनि कात्तिकको अन्तिम साता त्यहाँ पुग्यौँ । हामी भित्र छिर्दा अधिकांश स्थानीयहरु खाना खान टेबलमा बसेका थिए । तर थोरैको टेबलमा मात्र देखिन्थ्यो आइसल्याण्डको स्थानीय खाना । अधिकांशले बासनादार ‘नेपाली थाली’ लिएर बसेका थिए । नेपाली थाली । जुन अहिले नेपाल र विश्वका कैयौँ देशमा प्रचलित छ– चरेसको थालमा भात र कचौरामा तात्तातो दाल, तरकारी, अचार साग, अचार, चटनी, मांसहारीका लागि मासु आदि ।

आशकुमार गुरुङ र उनका स्टाफ निकै हतारोमा थिए, ग्राहकबाहेक अरुसँग बोल्ने फुर्सद उनीहरुसँग थिएन । पाहुनाका टेबलामा नेपाली थाली पुर्याउन उनीहरुलाई भ्याइनभ्याइ थियो । पहिलो पटक नेपाली खाना खान पुगेका युरोपियन पाहुनाका अनेकथरि जिज्ञासा । नेपाली खानाजस्तै मिठो अनि हँसिलो मुखमा आशकुमार हामीलाई ‘एक्कैछिन् है हजुर’ भन्थे र टेबलका पाहुनाको जिज्ञासा मेटाउँदै गर्थे ।

चितवन घर भएका गुरुङ नेपालमा रहँदा कायाकिङका खेलाडी । पछि प्रशिक्षक पनि भए । पछि भने त्यही खेलको गोरेटोले डोर्याउँदै उनलाई यो चिसो युरोपियन देशसम्म ल्याइपुर्यायो ।

गुरुङ कायाकिङ प्रशिक्षकका रुपमा सन् १९९५ मा आइसल्याण्ड पुगेका हुन् । रोमाञ्चक पर्यटक प्रशिक्षकका रुपमा आइसल्याण्ड पुगेका गुरुङको हातमा एउटा जादुमय सिप थियो– मिठो खाना बनाउने । त्यही सीपले आज उनको जीवनमा नयाँ मोड ल्याइदिएको छ । लाग्छ, भोलिका दिनमा उनलाई यसैले एक सफल उद्यमीका रुपमा पनि स्थापित गर्नेछ ।

नौलो ठाउँ नौलो परिवेश । त्यसमा पनि थोरै जनसंख्या भएको यो सुदूर उत्तरी युरोपमा अवस्थित हिउँको देश । पहिलो पटक पुगेका यी नेपालीले आँट गरे र सुरु गरे हिमालय स्पाइस ।

यहाँ आफ्नो परिवारका १३ जना सदस्यसहित स्थानीयलाई समेत रोजगारी दिएका गुरुङ नौलो ठाउँ, परिवेशमा सुरु गरेको व्यवसायले त्यहाँ रहेका अन्य १७० जति नेपालीलाई समेत प्रेरणा मिलेको छ । उनले नेपाली थाली खानासँगै, मम, रोटीलगायत नेपाली खानालाई मज्जासँग ब्राण्डिङ गरेका छन् । योसँगै नेपाली शैलीको घरेलु मदिरासमेत चिसो ठाउँमा स्थानीयलाई जिउ तताउने साधन बनाएका छन् ।

केही समयअघि एक अन्तर्राष्टिय कार्यक्रममा सहभागी हुन आइसल्याण्डको राजधानी रेक्याभिकमा पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उनले नेपाली खाना चखाए । सोही अवसरमा पुगेका अन्य नेपालीले पनि घरको स्वाद बिर्संदै नेपाली खानाको स्वाद लिए । उनीहरु भन्दै थिए यति स्वादिलो थकाली खाना त नेपालमा पनि हत्तपत्त भेटिँदैन । तर यहाँको खानाले त ‘पेट भरियो मन त भरिँदैन’ ।

यो पनि पढ्नुहोस- आइसल्याण्डमा रहेका नेपालीले अभिभावक भेटेपछि

तात्तातो बाफसहितको थाली सेटमा झ्वाइँ झानेका गाईको घ्यू हाल्दा त्यसको बासनाले वरपरको वातावरण नै तरंगित बनाउँछ । भादगाउँले टोपीमा क्रस खुकुरीको ब्याचमा देखिने आश र उनको टोलीलाई साँझको समयमा त बोल्ने फुर्सदसम्म हुँदैन । हतारोका बीच गुरुङले भने, “यहाँका स्थानीयले नेपाली खाना र यसको स्वाद निकै मन पराउँछन् । प्राय पाउरोटी र यसका विभिन्न परिकार खानेहरुका लागि नेपाली खानाको स्वाद जिब्रोमा निकै गडेको छ ।”

“आवश्यक सामग्रीहरु यहाँ खासै पाइँदैन, खाना खाने थाल, कचौरा गिलासलगायतका समानसँगै मसलाहरु नेपालबाट ल्याउँछु र चामल तरकारीलगायत भान्साका लागि आवश्यक पर्ने सामग्रीहरु विभिन्न देशबाट मगाउने गरेको छु”, उनले भने, “यो सारै चिसो ठाउँ हो, यहाँ आलु, भेडा, माछा लगायत चिज मात्र पाइन्छ, अन्य कुरा भने बाहिरबाट मगाउने हो । त्यसैले केही महङगो त पर्छ । तर यहाँको प्रतिव्यक्ति आम्दानीका हिसाबले ठिकै हो ।

उनलाई २५ वर्षअघि पहिलो पटक यहाँ आइपुग्दा त तुरुन्त नै फर्कौं जस्तो लागेको थियो । “जताततै हिउँ, असाध्यै चिसो, बिरामी परियो, कायाकिङ सिकाउन आएको ज्यान जोगाउन पो कठिन होला जस्तो भयो । केही समय बसेर नेपाल नै फर्किएँ”, गुरुङले भने, “फेरि उताका साथीले निकै जोडबल गरे, फेरि केही समयपछि यतै फर्किएँ बिस्तारै आफूले जानेको सीपको सदुपयोग गर्दे गए । आज यो अबस्थामा आईपुग्यो ।”

कमै मात्र नेपाली पुग्ने यो ठाउँमा पहिलो पटक २५ वर्ष अगाडि पुगेका नेपाली आशकुमार गुरुङले बनाएको गोरेटोमा अहिलेसम्म १७० जना नेपाली विभिन्न पेशा र व्यवसाय गरेर बसिरहेका छन । त्यहाँ रहेका नेपालीको अभिभावकका रुपमा रहेका आशको हिमालय स्पाइस नेपालीहरुको भेटघाट गर्ने चौतारी पनि बनेको छ ।

करिब ३ लाख ६२ हजार जनसंख्या रहेको एटलान्टिक महासागरको माथिल्लो समुन्द्रको बीचमा रहेको एउटा अनौठो जस्तो लाग्ने टापुमा आशले हातमा सीप भए जहाँ पनि जम्न सकिन्छ भन्ने आश देखाएका छन् ।