१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालेन शाह राजिनामा दे’ भन्दै महानगरमा सुकुम्बासीको प्रदर्शन



अ+ अ-

काठमाडौं । थापाथलीका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

सुकुम्बासीको उचित व्यवस्थापनको मागसहित ‘बालेन शाह राजिनामा दे’ भन्दै उनीहरुले महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘डोजर आतंक बन्द गर’ , ‘उचित विकल्पसहित ब्यवस्थापन गर’ जस्ता नारा लगाएका छन् । बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक बागमति किनार छेउका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । तर, उनीहरुले अटेर गरेपपछि महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर बस्ती खाली गराउन पुगेको थियो ।

महानगरले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि दुई पक्षबीच झडप हुँदा त्यहाको अवस्था तनावग्रस्त बनेको थियो ।