काठमाडौं। आज नेपाली कांग्रेसका शीर्ष तीन नेताहरुको संयुक्त बैठक बस्दै छ । नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबिच बिहान साढे ११ बजे बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
बिहीबार बसेको पदाधिकारी बैठकको निर्णय अनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका छन्।
कांग्रेसमा यतिबेला बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ । त्यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ।