२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

घानाले दक्षिण कोरियालाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे । उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे ।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।