• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता



सुनसरी, १२ मंसिर । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले बर्जु गाउँपालिकाको ६ वटा वडाको मतगणना बाँकी रहँदा आफ्नो अग्रता कायमै राखेकी छिन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारलाई करिब ४ हजार पाँच सयमै सिमित राख्दै चौधरीले अग्रता कायम राखेकी हुन् ।

पछिल्लो मत गणना अनुसार चौधरीले ३२ हजार ४ सय १७ मत प्राप्त गर्दा गच्छदार २७ हजार ६ सय ५६ मा रोकिएका छन् । अब बर्जु गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय दुहवीले जनाएको छ ।

४ हजार ७ सय ६१ मतले चौधरी गच्छदार भन्दा अगाडी छिन् । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली ६ हजार १ सय ५६ मत सहित तेश्रो स्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ७४ हजार ५२ मत गणना हुँदा ७० हजार १ सय २६ मत सदर भएको छ । ३ हजार ९ सय २६ मत बदर भएको कार्यालयले जनाएको छ । अब १८ हजार ७ सय १४ मत गणना हुन बाँकी रहेको छ ।