काठमाडौं । सर्वोच्च अदालतमा आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदैछ । साउन १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि आज पेशी तोकेको थियो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
ठाकुरले निर्वाचन आयोगले दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेड काउन्ट गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गुहारेका थिए। यता निर्वाचन आयोगले भने उपेन्द्र यादव पक्षलाई पार्टी आधिकारिकता दिइसकेको छ ।